Monday, April 20News That Matters

कोरोना त्रास बाट समान्य बन्दै उदयपुरको भुल्के

पूणर्पुष्टि, जेष्ठ, २०

उदयपुरको त्रियुगा नगरपालिका भुल्के अहिले समान्य अवस्थामा आएको छ । केहि समय अघि कारोना संक्रमणको त्रासले त्यहाँको जनजिवन निकै कष्ठकर बनेको अवस्था थियो ।१ नं प्रदेशको पहिलो र नेपालकै सबै भन्दा पहिले ठुलो संख्यामा संक्रमण फैलिएपछि उदयपुर नै उच्च जोखिम र त्रासमय रहेको थियो ।

भुल्के स्थित नुरी मस्जिदबाट १२ जना संक्रमण फेला परेपछि भुल्केलाई पूणर् सिल्ड गरेको थियो । लामो समयसम्म भुल्केका स्थानीयहरु सिल्ड तोडेर वस्ति भन्दा बाहिर जान नपाउने र नसक्ने अवस्थाले त्यहाँको जनजिवनमा ठुलो समस्या थियो ।

खाद्यन्न लगाएत अन्य कार्यहरुमा समस्या आउनुका साथै उत्पादनहरु पनि विक्रि वितरण गर्न नपाएइको अवस्था थियो । अझै त्यो वस्तिको पैसा सम्म नचल्ले अवस्थामा त्याहाँको स्थानीयहरुले जिवन विताइरहेको अवस्था थियो ।

पछिल्लो समय परिक्षणको दायरा बढाए सँगै संक्रमितहरु पनि लगभग सबै ठिक भएर फर्किसकेको अवस्था छ । त्याहाँ पटकपटक सम्बिन्धित स्थानीयहरुको परिक्षण गर्नुका साथै संकास्पद व्यक्तिहरुको पनि परिक्षण गरिएको छ ।परिक्षणको दायरा बढाए सँगै त्यहाँको पछिल्लो परिक्षण रिपोर्टहरु भने सबै नेगेटिभ देखिएको हुदा वस्तिलाई सामान्य बनाइएको हो ।

भुल्केमा पहिलोपटक गत वैशाख ५ गते भेटिएका जमाती र अन्य संक्रमितसमेत गरी २७ जना निको भइसकेका छन् । ६ जनाको उपचार जारी छ । उनीहरू पनि चाँडै निको भएर फर्किनेमा स्थानीय ढुक्क छन । भुल्केमा ३२ र गाईघाटमा एक सञ्चारकर्मी गरी जिल्लामा ३३ संक्रमित थिए । अहिले नयाँ संक्रमित नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहनप्रसाद सुवेदीले बताउनुभयो । सुवेदीले अहिले भुल्के कोरोना मुक्त जिल्ला रहेको समेत बताउनुभयो । पछिल्लो समय परिक्षणको सबै रिपोर्टहरु नेगेटिभ आएको र संक्रमणहरु नदेखिएकाले भुल्केलाई सामान्य बनाएको हो ।