Tuesday, April 21News That Matters

कोरोना न्युनिकरणका लागि ६ ओटा शहरमा कर्फयु

पूणर्पुष्टि, साउन १८

कोरोना संक्रमण बढ्दै गएपछि  नियन्त्रण, न्युनिकरण र यसबाट बँच्न २ नं प्रदेशले ६ ओटा प्रमुख शहरहरुमा  निषेधाज्ञा जारी  गरेको छ ।

२ नं प्रदेशको  ६ जिल्लाका ६ ओटै सदरमुकाम धेरै भिडभाँड हुने शहरलाई पूणर् रुपले ठप्प बनाउने निणर्य सहित बन्द गरिएको छ । पछिल्लो समय कोरोनाका जोखिम बढ्दो अवस्थामा रहेको कारण मधेश सिमाको पनि जोखिम मोल्नु पर्ने अवस्थालाई मध्येनजर गरी निषेधाज्ञा जारी गरिएको हो ।

सप्तरी सदरमुकाम राजविराज, प्रदेशको अस्थायी राजधानी जनकपुरधाम, महोत्तरी जलेश्वर, रौतहट गौर, बारा कलैया र पर्साको बिरगञ्जमा निषेधाज्ञा जारी गरिएको छ । समुदाय स्तरमा संक्रमित बढेपछि थप संक्रमण रोक्न तयारी पूर्वभ्यास अनुरुप निषेधाज्ञा जारी गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

समुदाय स्तरमा संक्रमणको आशंकापछि जिल्ला प्रशासन कार्यालय धनुषाले सोमबार राति १२ बजेदेखि सात दिने निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए ।स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निणर्य अनुसार जनकपुरधाम उप-महानगरपालिका भित्र निषेधाज्ञा जारी गरेको जनाए ।

यसैगरी महोत्तरी जलेश्वरको पूर्वमा भार्गवसर मन्दिर, पश्चिममा रामनन्दन विशेश्वर महेन्द्र क्याम्पस, उत्तरमा रणभीम गण र दक्षिणमा रातोपुल चारकिलाको क्षेत्रमा पाँच दिनसम्मको लागि निषेधाज्ञा जारी गरिएको जनाए । त्यसैगरी जिल्लाको महोत्तरी गाउँपालिका ३ र ५ वडामा पनि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रशासनले निषेधाज्ञा अवधिमा ‘मास टेस्टिङ्ग’ तिव्रता दिने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण कटवालले जानकारी दिए । कोरोना संकट व्यवस्थापन केन्द्रले महोत्तरीको १५ वटै स्थानीय तहमा पीसीआर परीक्षण गर्ने निणर्य गरेको छ । प्रमुख जिल्ला अधिकारी कट्वालले भने, ‘महोत्तरीको सबै पालिकामा नमूना मुलक पीसीआर परीक्षणको रिपोर्टपछि संक्रमण अवस्थाको मानचित्र अनुसार अगाडिको कदम चलाइनेछ ।’