Tuesday, June 23News That Matters

कोरोना बाट थप दुइजनाको मृत्यु

पूणर्पुष्टि, जेष्ठ, ३१

आज कोरोना बाट थप २ जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा गरिएको स्वाब परीक्षणमा वीरगञ्जको घन्टाघरमा मृत फेला परेका ब्यक्ति र वीरगञ्ज हेल्थ केयर उपचारका क्रममा मृत्यु भएका बाराका पाँच वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा मृत्यु हुनेको संख्या १८ पुगेको छ । अन्दाजी २५ बर्षिय पुरुषको शव र उपचारको क्रममा मृत्यु भएका ५ बर्षिय बालकको नमुना संकलन गरी परिक्षण गर्दा कोरोना पुष्टि देखिएको थियो ।

मृतक पुरुषको भने पहिचान हुन सकेको छैन् । यता ५ बर्षिय बालकमा भने आरडिटि पोजेटिभ आएपछि पिसिआर चेक गराइएका थिए । उनको पिसिआर पनि पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनमा निमोनिया देखिएको जनाएका छन् ।