
पूर्णपुष्टि, जेठ ७ गते ।
विश्वको विभिन्न देशमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमित ५० लाख नाघेको छ । वल्डोमिटरले सार्वजनिक गरेको कोरोना भाईरस तथ्याङ्क अनुसार संक्रमितको संख्या ५० लाख ५ सय नाघेको हो ।
संक्रमितमध्ये १९ लाख ७० हजार ९ सयभन्दा बढी उपचारपछि निको भएका छन् भने ३ लाख २५ हजार १ सय ५६ जनाको मृत्यु भएको जनाईएको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म विश्वका २ सय १३ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिइसकेको छ ।
