Thursday, May 21News That Matters

कोरोना भाईरस २ सय १२ देशमा फैलियो

पूर्णपुष्टि, बैशाख १९ गते । 

विश्वको दुई सय १२ देश र दुई वटा अन्र्तराष्ट्रिय पानी जहाजमा कोरोना भाईरस फैलिदा ३३ लाख चार हजार जना भन्दा बढी संक्रमित भएका छन् । पछिल्लो समयमा कोरोना भाईरसको संक्रमण देखा परेको सेन्ट पियर र मिकलान देश हुन् ।

उक्त संक्रमित मध्ये १० लाख ३९ हजारभन्दा बढी निको भएको छ भने २० लाख ३१ हजारभन्दा बढीको उपचार भइरहेको छ । उपचार गराइरहेका मध्ये ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकी अरुको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न देशमा साढे ५ हजार भन्दा बढीको मृत्यु भएपछि मृत्यु हुनेको संख्या दुई लाख ३३ हजारभन्दा बढी पुगेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै २२ सयभन्दा धेरैको मेृत्यु भएको छ भने साढे ३० हजारभन्दा बढी नयाँ संक्रमित पुष्टि भएका छन् । अहिलेसम्म अमेरिकामा कोरोनाबाट साढे ६३ हजार भन्दा बढीको मृत्यु भएको छ । यस्तै १० लाख ९५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

यस्तै इटलीमा साढे २७ हजारभन्दा बढी, बेलायतमा साढे २६ हजारभन्दा बढी, स्पेनमा साढे २४ हजारभन्दा बढी र फ्रान्समा २४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

भारतमा सक्रमितको संख्या साढे ३४ हजार नाघेको छ भने साढे ११ सय भन्दा बढीको मृत्यु भएको जनाईएको छ । भारतमा ९ हजार ६८ जना निको भएका छन् ।