
पूर्णपुष्टि, असार १६
कोरोना भाईरस महामारी अझै खराब अवस्था आउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चेतावनी दिएको छ ।
विश्व विभिन्न देशका सरकारहरुले नियन्त्रणका लागि सही नीति अवलम्बन गर्न नसकेमा भाइरसबाट अझै धेरै मानिस सङ्क्रमित हुन सक्ने डब्लुएचओका महानिर्देशक डाक्टर टेडरोज आध्यनोम गेब्रेयेसोसले बताउनुभएको हो । अझै पनि परीक्षण, ट्रेसिङ्ग, आइसोलेशन र क्वरेण्टीन नै महामारी नियन्त्रणमा लिने प्रमुख उपाय भएको उनले बताउनुभएको छ ।
महामारीको छिट्टै नै अन्त्य होस् भन्ने चाहे पनि छिट्टै अन्त्य हुने अवस्थामा नरहेको उहाँले बताउनुभयो । केही देशले महामारी नियन्त्रणका लागि प्रगति गरे पनि विश्वब्यापी महामारीले भने गति बढाइरहेको बेला विश्वभरका देशलाई जर्मनी, दक्षिण कोरिया र जापानको उदाहरण हेर्न आग्रहसमेत गर्नुभएको छ ।
६ महिनाको अवधिमा विश्वभर सङ्क्रमितको संख्या १ करोड २ लाख ६८ हजारभन्दा धेरै पुगेको छ भने ५ लाख ४ हजारभन्दा धेरै छ ।
