
पूर्णपुष्टि, जेठ ३० गते ।
नेपालमा कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
अर्घाखाँचीका ५७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मालारानी क्वरेण्टीनमा रहेका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी घर फर्किने क्रममा बाटोमै मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
गत जेठ २९ गते भैरहवामा भएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनी भारतबाट फर्किएर क्वरेण्टीनमा बसेको थियो । उनको अर्घाखाँचीमै अन्त्येष्टि गरिने भएको छ ।
यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा १, ललितपुरमा १, अर्घाखाँचीमा १, दैलेखमा १, बाँकेमा १, गुल्मीमा १, बारामा १, बाजुरामा १, दोलखामा १, पाल्पामा १, सुर्खेतमा १, कैलालीमा १, डोल्पामा १ र स्याङ्जामा १ जनाको मृत्यु भएको छ ।
