Saturday, June 27News That Matters

कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु

पूर्णपुष्टि, असार २० 

नेपालमा आज थप २ जनाको कोरोनाबाट मृत्यु भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट गोखा र रुपन्देहीका १÷१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको हो ।

गोरखाका पालुङटारको पुरुषको शनिबार बिहान मृत्यु भएको जनाईएको छ । असार १७ गते कतारबाट फर्किएका उनको उपचारको लागि भर्ना गराइएकोमा असार २० गते बिहान मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, रुपन्देही देवदहका एक जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन भएकोमा उनमा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

क्षयरोगका बिरामी ७५ वर्षीय पुरुष उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । उनमा असार १८ गते कोरोना सङक्रमणको पुष्टि भएको थियो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।