
पूर्णपुष्टि, भदौ २२
नेपालमा आज कोरोना सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेश १, प्रदेश २, वाग्मी, गण्डकी र प्रदेश ५ मा कोरोनाका संक्रमण्बाट चार जना महिला र सात जना पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मोरङका ७६ वर्षीय पुरुष, सिरहाका ६२ र ८७ वर्षीय पुरुष, सर्लाहीका ३५ वर्षीय र दोलखाका ६९ वर्षीय पुरुष, मकवानपुरका ३९ वर्षीय पुरुष, काठमाण्डौका ३७, ८३ र ९० वर्षीया महिला, कास्कीका ६३ वर्षीया महिला र बाँकेका ५९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

