
पूर्णपुष्टि,चैत्र २८ । नेपालमा पछिल्लो २४ घण्टा यता कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४३६ जनाको नमुना परीक्षण् गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै मृत्यु हुनेको संख्या १२ हजार २१ पुगेको छ ।
कोरोना संक्रमित संख्या १०६ जना थपिए पछि अहिले देशभर ४६९ जना सक्रिय संक्रमित छन् । काठमाडौं उपत्यकामा ५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । १३ जना आइसियु र २४ जना आइसोलेशनमा छन् ।
