
पूर्णपुष्टि, भदौ १७
कोरोना संक्रमणबाट रुपन्देहीको भैरहवामा एक जनाको मृत्यु भएको छ ।

भीम अस्पताल भैरहवामा नवलपरासीको रामग्राम नगरपालिका–५ की ६५ वर्षीया महिलाको गतराति मृत्यु भएको अस्पतालले जनाएको छ ।
मधुमेह र उच्च रक्तचापको समस्या भएकाले अस्पतालको आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो । कोरोना पुष्टि भएपछि उनलाई भदौ १५ गते अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो ।
