
पूर्णपुष्टि, असोज २१
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत बुटवल र नवलपरासी पश्चिमका दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
बुटवल उपमहानगरपालिका–९ की ५५ वर्षीया महिला र सुनवल नगरपालिका–५ का ७६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यहि असोज १६ गते कोरोना पोजिटिभ पुष्टि भएपछि आईसीयूमा उपचाररत पुरुषको गतराति १२ः५० बजे र १७ गते अस्पताल भर्ना भएकी महिलाको बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
दुवै संक्रमितमा सुक्खा खोकी, उच्च ज्वरो र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।

