Tuesday, June 2News That Matters

कोरोना संक्रमणबाट धरानमा थप २ जनाको मृत्यु

पूर्णपुष्टि, भदौ १२

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान घोपामा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट आज बिहान एक जना पुरुष र एक जना महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

मृत्यु हुनेमा झापाको दमक नगरपालिका–३ का ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका–५ की ५६ वर्षीया महिला रहेको जनाईएको छ ।

खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएका पुरुष बी एण्ड सी टिचिङ अस्पताल बिर्तामोड झापाबाट र खोकी, ज्वरो र श्वासप्रश्वासमै समस्या भएकी महिला कोशी अञ्चल अस्पतालबाट रिफर भएर प्रतिष्ठानमा आएका प्रतिष्ठानले जनाएको छ ।

योसँगै अहिलेसम्म वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु हुनेकोे संख्या १५ पुगेको छ ।