Sunday, June 28News That Matters

कोरोना संक्रमणबाट १ वडाध्यक्षको मृत्यु

पूर्णपुष्टि, कात्तिक २१

कोरोना संक्रमणबाट कैलालीका एक जना वडाध्यक्षको मृत्यु भएको छ ।
गौरीगंगा नगरपालिकाका–३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ६३ वर्षको उमेरमा शाहको शुक्रबार विहान ६ः२५ बजे मृत्यु भएको नगरपालिकाले जनाएको छ ।

वडाध्यक्ष शाह गत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत थियो । उनी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।