
पूर्णपुष्टि, बैशाख २३ गते ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट अफ्रिकी देश नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको मेृत्यु भएको संचारमाध्यमहरुले जनाएको छ ।
राजधानी नियामेमा उपचारकै क्रममा ५५ वर्षीय बेन ओमारको आइतबार मृत्यु भएको सत्तारुढ सोसल डेमोक्राटिक पार्टी (पीएसडी)ले जनाएको छ ।
यस अघि मन्त्री ओमारले कोरोना भाइरस निकै खतरनाक र घातक रहेको तथा यो प्रकाशको गतिमा तीव्र रुपमा फैलिने स्वभावको रहेको सन्देश दिएको थियो । मन्त्रि बेन ओमारको मृत्यु प्रति अत्यन्त दुखित भएको नाइजरका राष्ट्रपति मोहमदु इसोफुले बताएका छन् ।
नाइजरमा अहिलेसम्म सात ५५ जनामा कोरोना संक्रमण देखा परेको छ भने ३७ जनाको मृत्यु भएको जनाईएको छ ।
अहिले नाइजरमा आपतकालीन स्थितिको घोषणा गर्नुका साथै यसका सीमा, धार्मिक स्थल तथा विद्यालयहरु सबै बन्द गरिएका छन् ।
