Thursday, May 21News That Matters

कोरोना संक्रमित क्षेत्रको पत्रकारसँग जानकारी लिदै महासंघ

पूर्णपुष्टि, बैशाख १६ गते । 

नेपाल पत्रकार महासंघले देशकै सबैभन्दा बढि कोरोना संक्रमित भेटिको उदयपुरको भुल्के क्षेत्रमा कार्यरत पत्रकारको अवस्थाबारे जानकारी स्थलगतरुपमा लिएको छ ।

महासंघका महासचिव रमेश विष्ट नेतृत्वको टोलीले संक्रमण फैलिएको स्थानमा पत्रकारको अवस्था बारे जानकारी लिएको हो । सो क्रममा उहाँले संक्रमित क्षेत्रमा उच्च जोखिम मोलेर पनि पत्रकारहरु खटिरहेपनि सरकारले स्वास्थ्य सुरक्षामा चासो नदिएको गुनासो गर्दै तत्काल चासो दिन माग गर्नुभयो ।

पत्रकार महासंघ र प्रेस काउन्सिलको टोलीले संक्रमित जिल्लाका पत्रकारहरुको स्वास्थ्य विमाको लागि समेत पहल गर्ने जनाएको छ । सो क्रममा उदयपुरका पत्रकारहरुले संक्रमित क्षेत्रमा खटेका पत्रकारहरुको अवस्था, आवश्यकता र जोखिमको बारेमा अवगत गराएका थिए ।

देशभर ५४ जना संक्रमित हुँदा आधाभन्दा बढि २८ जना संक्रमित रहेको उदयपुरका पत्रकारहरु सामान्य मास्क र पञ्जाको भरमा संक्रमण फैलन नदिन डटेर काम गरिरहेका छन । सो क्षेत्रमा कार्यरत पत्रकाहरुको स्वास्थ्य परिक्षण र खाद्यान्नको व्यवस्था मिलाउनु पर्ने देखिएको पत्रकार महासंघले जनाएको छ ।