Tuesday, June 9News That Matters

कोरोना संक्रमित परिवारलाई गाईघाटका व्यापारी रसाईलीले गरे खाद्यन्न र किट सहयोग

पूर्णपुष्टि, जेष्ठ १९

व्यापारी तथा त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहेका रमेश रसाईलीले बेलका नगरपालिका २ मा रहेको होम आईसोलेसनका संक्रमितलाई पोषणयुक्त खाद्यन्न र आईसोलेसन किट  सहयोग गरेको छ ।

रसाईलीले संक्रमित ३० विपन्न परिवारलाई पोषणयुक्त खाद्यन्न र होम आईसोलेसन किट्स सहयोग गरेको हो । कोरोना सँग लड्न थप मजबुद राख्न संक्रमितहरुलाई पोषणयुक्त खाद्य वितरण गरेको उपाध्यक्ष रसाईलीले बताउनुभयो ।

रसाईलीले वडाअध्यक्ष मिश्रलाल चौधरीको रोहबरमा सामाग्री वितरण गरेको छ । कोरोना माहामारीका बिच रसाईलीले अन्य थुपै्र क्षेत्र तथा व्यक्तिहरुलाई पनि सहयोग गरेको छ । रसाईली समूहका व्यवसायी टोलीले आपत विपत्तका परिवार, व्यक्ति तथा कुनै पनि क्षेत्रलाई राहत वितरण गर्दै आईरहेको छ ।

रसाईलीको आफ्नो व्यक्तिगत खर्चबाट त्रियुगा नगरपालिका विभिन्न टोल बस्तीहरुमा खाद्यन्न तथा स्वास्थ्य सामाग्री उपलब्ध गराउँदै आईरहेका छन् ।

समाजसेवी समेत रहेका रसाईलीले पहिलो चरणको माहामारीमा पनि बिभिन्न व्यक्ति, मजदुर, विपन्न तथा समुदायलाई खाद्यन्न र स्वास्थ्य सामाग्री उपलब्ध गराएको थियो ।