
पूर्णपुष्टि, असार २ गते ।
विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या ८्र१ लख नाघेको छ ।
विश्वका २ सय १३ देश र २ वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना फैलिदा अहिलेसम्म ८१ लाख १३ हजार ६ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उक्त संक्रमितमध्ये ४२ लाख १३ हजार ६ सय ३ जना उपचारपछि निको भएका छन् भने ४ लाख ३९ हजार ८५ जनाको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ ।
भारतमा लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमित र मृत्यु हुनेको संख्या करिब दोब्बरले बढेको छ । अहिले भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार नाघेको छ ।
