Sunday, June 21News That Matters

कोरोना संक्रमितहरुलाई निशुल्क आयुर्वेद औषधी वितरण

पूर्णपुष्टि, जेष्ठ १५

उदयपुरमा रहेको बिभिन्न कोभिड हस्पिटलको बिरामीहरुलाई नेपाल आयुर्वेद औषधी व्यवसायी संघ उदयपुरले निशुल्क आत्मावल बढाउने रोगप्रतिरोधात्मक क्षमाता बृद्धिको औषधी वितरण गरेको छ ।

जिल्लामा रहेको चौदण्डीगढी स्थित उदयपुर कोभिड हस्पिटल र गाईघाटमा रहेको मदन भण्डारी आँखा हस्पिटलका बिरामीहरुलाई औषधी बितरण गरिएको संघको अध्यक्ष ओमराज लिम्वुले बताउनुभयो ।

विश्वमाहामारी कोरोनाले ग्रसित बिरामीहरुको रोगप्रतिरोधात्मक बढाउने औषधी निशुल्क रुपमा वितरण गरेको अध्यक्ष लिम्वुले बताउनुभयो । संघले ५० हजार बराबरको निशुल्क आयुर्वेद स्वास्थ्य औषधी बिरामीहरुलाई बितरण गरेको छ ।

संघले गाईघाट र चौदण्डीमा ५/५ किसिमको औषधी बितरण गरेको छ । दुवै हस्पिटललाई बराबरी औधषी अश्वागन्धा चुर्ण २४ पिस, तुलसी चिया १२ पिस, क्रिकटु चुर्ण १२ पिस, गिलोय इमुनो १० पिस, र सितापलादि चुर्ण १२ पिस गरी ५ किसिमको औषधी वितरण गरिएको लिम्बुले बताउनुभयो ।

औषधी वितरण सम्पूर्ण आयुर्वेद औषधी व्यवसायीहरुको सक्रियतामा संघका अध्यक्ष लगायत अन्य पदाधीकारीहरुले वितरण गरेको हो ।