
पूर्णपुष्टि, भदौ ४
चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत रत्ननगर नगरपालिका–१३ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
गत ६ दिनदेखि कोभिड १९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत ती पुरुषको दिउँसो २ बजे मृत्यु भएको जनाईएको छ ।
मृतक पुरुष दीर्घरोगी रहेको र उनमा फोक्सोमा क्षयरोग, मेरुदण्डसम्बन्धी समस्याले खुट्टा नचल्ने, मृगौलामा समस्या लगायतका समस्या रहेको थियो ।
