
पूर्णपुष्टि, बैशाख ४ गते ।
मलेसियामा कोरोना सङ्क्रमित एक नेपाली निको भएको छ । कोरनो भाईरस (काभिड–१९) संक्रमित एक नेपाली निको भएर काममा फर्किएको मलेसियाका नेपाली राजदूताबासले जनाएको छ ।
अहिलेसम्म मलेसियामा एक नेपालीमा मात्रै कोरोना सङ्क्रमण भएको दूतावासलाई औपचारिक जानकारी भएको जनाइएको छ ।
राजदुताबासले मलेसियामा रहेका नेपालीलाई कोरोनाको सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षा अपनाउन र लकडाउन उल्लङ्घन नगर्न पनि आग्रह गरेको छ ।
लकडाउनको उल्लङ्घन गरेको आरोपमा १४ जना नेपालीलाई मेलेसियन प्रहरीले पक्राउ गरिसकेकाले मलेसिया सरकारले जारी गरेका नियमको पालना गर्न दुतासाले आग्रह गरेको छ ।
कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएकाले भिसा अवधि सकियो के गर्ने भन्ने गुनासा धेरै आएकाले सबै श्रमिकलाई यस अवस्थामा धैर्य गरेर बस्न अग्रह आग्रह गरेको छ ।
