
पूर्णपुष्टि, बैशाख १७ गते ।
कोरोनालाई सहजै जित्न सकिने १ न. प्रदेश सांसद विमल कार्कीले बताएका छन् । विदेशबाट आएकाहरुमा संक्रमण देखा परेपनि उनीहरुको घरपरिवारका सदस्यमा समेत कोरोनाको संक्रमण देखा नपरेकाले सहजै तित्न सकिने सांसद कार्कीले बताएका हुन् ।
सांसद कार्कीले भने “सरकार संवेदनशिल छ ।, संक्रमित क्षेत्रलाई सरकारले शिल गरेर परिक्षण कार्यलाई तिब्रता दिएको छ ।, अहिलेपनि संक्रमितहरुसँग सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी कार्य रस्वास्थ्यकर्मीहरुले स्वाव संकलन गर्ने कार्य भईराखेको छ ।”
नेपालमै सवै भन्दा बढी कोरोना संक्रमित फेला परेका भुल्के बासीको मात्रै नभई संक्रमितहरुसँग सम्र्पकमा रहेका चौदण्डिगढी–५को सिवाई, सुन्दरपुर, त्रियुगा नगरपालिका–१ को मुथियाहीबासीको समेत स्वाव नमुना संकलन गिरएको थियो । संकलन गरेको स्वाव परिक्षणमा रिर्पोट नेगेटिभ आएकाले कोरोनालाई जित्न सकिने सांसद कार्कीले बताए ।
उदयपुरमा अझै आशंका गरिएका क्षेत्रका व्यक्तिहरुको स्वाव संकलन गर्ने कार्य जारी रहेको सांसद कार्कीले बताए ।
