
पूर्णपुष्टि, साउन २०
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस विरुद्धको उपयुक्त खोप पत्ता नलाग्न नसक्ने जनाएको छ । कोरोना भाईरस विरुद्धको खोप चाँडै उपलब्ध हुने आशा रहे पनि उपयुक्त खोप भने कहिल्यै पत्ता लाग्न नसक्ने जनाएको हो ।
कोरोना भाइरस विरुद्धको खोप चाँडै उपलब्ध हुने आशा रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता नलाग्न सक्ने संगठनका महानिर्देशक डाक्टर टेड्रोज आध्यनोम गेब्रेयेसोसले बताएका छन् । विश्वभरका मानिसलाई सामाजिक दूरी, हातको सफाइ तथा मास्क प्रयोग गर्नेसहितका उपायहरु अपनाउन अपिलसमेत गरेको छ ।
केही खोपहरु तेस्रो चरणको मानवीय परीक्षणको क्रममा भएकाले सङ्क्रमणबाट जोगाउन खोप प्राप्त हुने आशा छ । अहिलेका लागि महामारी नियन्त्रणमा लिने उपाय भनेको परीक्षण, आइसोलेशन र बिरामीको उपचार नै भएको जनाइएको छ ।
सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी गरी क्वरेण्टीनमा राख्नुको विकल्प छैन । कोरोना भाइरसको सङ्क्रमण भएका आमाहरुलाई सन्तानलाई दूध चुसाउन नछोड्न पनि आग्रह गरेको छ ।
अहिलेसम्म विश्वभर १ करोड ८४ लाख भन्दा धेरै मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ६ लाख ९७ हजारको मृत्यु भएको छ । १ करोड १६ लाख भने उपचारपछि निको भएका छन् ।
