
पूर्णपुष्टि, बैशाख २० गते ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमणका गम्भिर प्रकृतिका विरामीको संख्या घट्न थालेको छ ।
उपचार गराइरहेका मध्ये ३ प्रतिशतको स्वास्थ्य अवस्था गम्भीर रहँदै आएकोमा अहिले २ प्रतिशतभन्दा केही बढी मात्र गम्भीर रहेको वल्डोमिटरले जनाएको छ ।
अहिले २० लाख ३७ हजारभन्दा बढी संक्रमितले उपचार गराईरहेको छ । उक्त संख्यामध्ये ५१ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरले जनाएको छ ।
विश्वभर कोरोना संक्रमितको संखया ३४ लाख २२ हजारभन्दा बढी छ । उनीहरुमध्ये १० लाख ९३ हजारभन्दा बढी उपचारपछि निको भएका छन् भने दुई लाख ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।
