Thursday, August 6News That Matters

कोरोनाको त्रासले दिवस स्थगीत

पूर्णपुष्टि, फागुन २२ गते । 

कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको त्रासका कारण खोटाङमा अन्र्तराष्ट्रिय महिला श्रमिक दिवस स्थगीत भएको छ ।

विश्वभर कोरोनाको संक्रमण फैलिरहेको बेला महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको निर्देशन अनुसार खोटाङका १० वटा पालिकाले ११० औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस स्थगित गरिएको हो ।

मन्त्रालयको पत्र अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेँलुखर्क गाउँपालिका लगायतका पालिकाले बुधबार छुट्टा छुट्टै सुचना जारी गर्दै दिवस स्थगित गरेको जानकारी दिएको छ ।

विश्वका विभिन्न ठाउँमा कोरोनाको सङ्क्रमण फैलिरहेको र हजारौँ नागरिकको ज्यान लिइरहेको सन्दर्भमा सबै प्रकारका भेला, सभा, सम्मेलन, समारोहलगायतका कार्यक्रम स्थगित गर्न मन्त्रालयले गएको मङ्गलबार पत्राचार गरेको थियो ।