
पूर्णपुष्टि,पुष १९
नेपालबाट दुबइ जानको लागि कोरोेनाको नक्कली पिसिआर रिपोर्ट बनाएका ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको खैरागरका दिनेश सिंहलगायत रहेका प्रहरीले जनाएको छ ।
दिनेशको टोली शनिबार साँझ दुबई जना लागेको थियो । त्यसक्रममा जाँच गर्दा रिपोर्ट नक्कली पाइएपछि उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।
