
उदयपुर, चैत्र ५ गते ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)को संक्रमणबाट बच्नका लागी रौतामाई गाउँपालिकाले उच्च सर्तकता अपनाउदै ई–हाजिरी सेवा बन्द गरेको छ । रौतामाई गाउँपालिका भित्रको सवै सरकारी कार्यालयहरुमा संचालित ई–हाजिरी सेवा बन्द गर्न बुधबार सुचना जारी गरेर आह्वान गरेको हो ।
वडा कार्यालय, स्वास्थ्य चौकी र माध्यामिक विद्यालयहरुमा संचालनमा रहेको ई–हाजिरी सेवा प्रणालीमा कार्यालय प्रवेश गर्दा र बाहिरीदा औलाले छुनु पर्ने भएकाले कोरोनाको संक्रमणबाट बच्नका लागी उच्च सर्तकता अपनाउँदै अर्को सुचना प्रकाशन नगरेसमम प्रयोगमा नल्याउन आह्वान गरेको पालिकाले जनाएको छ ।
कोरोनाको संक्रमणबाट बच्नका लागी दिनमा २÷३ पटक राम्ररी साबुन पानीले हात धुनु पर्ने भएकाले यस अघि नै मन्त्रालयहरुले ई–हाजिरी सेवा बन्द गरेको जानकारी पाएको र पालिकाले भाईरसको संक्रमणको उच्च सर्तकता अपनाउदै ई–हाजिरी सेवा बन्द गर्न आह्वान गरेको रौतामाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खम्बराज राईले बताए । ई–हाजिरी सेवा प्रयोगमा नल्याई कागजी हाजिरीलाई प्रयोगमा ल्याउन अनुरोध गरीएको उनले बताए ।
कोरोना भाईरसबाट कसरी बच्न सकिन्छ भन्ने शन्देश दिने खालका जनचेतना मुलक प्रचा पम्प्लेटहरु छापेर पालिका भित्रका विद्यालय, स्वास्थ्य चौकीहरुमा पठाई विद्यार्थी मार्फत घर–घरमा पु¥याउने काम पालिकाले गरेको प्रप्रअ राईले बताए । वडाहरुमा व्यानर बनाएर राखिएको उनले बताए ।
आजबाट सुरु हुने एसईई परीक्षा केन्द्रहरु मध्ये एउटा पालिकाको मुर्कुचीमा परेको छ । कोरोना भाईरसको संक्रमणबाट बच्नका लागी पालिकाले परीक्षा केन्द्रमा हेल्प डेक्सको व्यावस्था गरेको प्रप्रअ राईले बताउ । सोही परीक्षा केन्द्रमा २ सय ३९ जना परिक्षर्थीले परीक्षा दिने उनले बताए ।
हेल्प डेक्समा चार जना स्वास्थ्यकर्मीहरु राखिने र परीक्षार्थीहरुको हातमा सेनीटाईजर दलेर मात्रै परीक्षा हलमा पठाउने तयारी भएको पालिकाले जनाएको छ । पालिका भित्र रहेको चार वटा एम्बुलेन्सलाई नै तयारीका साथ राखिएको जनाईएको छ ।

