Tuesday, June 30News That Matters

कोरोनाबाट थप १ जनाको मृत्यु

पूर्णपुष्टि, असार १२

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

दाङमा अचेत अवस्था भेटिएकी एक महिलाको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालेयले जनाएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलामा कोरोना संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ ।