
पूर्णपुष्टि, कात्तिक ५
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुनसरीको गडी–४ की ५५ वर्षीया महिलाको गतराति ९ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । ती महिलामा उच्च रक्तचापको पनि समस्या थियो ।
मंगलबार प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी उनको सोही दिन कोरोना पुष्टि भएको थियो ।
