Thursday, May 21News That Matters

कोरोनाबारे भ्रम फैलाउने १ जना पक्राउ

पूर्णपुष्टि, बैशाख ३ गते । 

सुर्खेतमा सामाजिक सञ्जाल फेसबुकबाट कोरोना भाइरसबारे भ्रम फैलाउने एक जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जालको प्रयोग गरी कोरोनाबारे भ्रम फैलाएको आरोपमा वीरेन्द्रनगर–८ कालुञ्चोक निबासी धर्मराज आचार्य पक्राउ परेको हो ।

आचार्यले फेसबुकमा ‘सुर्खेतमा पनि कोरोना देखियो पुष्टि हुन बाँकी’ भन्ने स्टाटस लेखेकाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पक्राउ परेका आचार्यलाई कारबाही गर्न अनुसन्धान प्रक्रियाअघि बढाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै अर्का प्रेम विवश नामक फेसबुक प्रयोग कर्ताको खोजी भईरहेको पनि प्रहरीले जनाएको छ । ‘लेकबेँसी नगरपालिका– १ मा एक जनामा कोरोना देखियो’ भनेर फेसबुकमा पोस्ट गर्नेको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।