
पूर्णपुष्टि, जेठ ७ । इन्डियन प्रिमियल लिग (आईपिएल) मा कोलकाता नाईट राईडर्सलाई हराउँदै लखनउ सुपर जाईन्ट प्लेअफमा प्रवेश गरेको छ । शनिबार राती भएको खेलमा कोलकातामाथि १ रनको सानदार जित निकाल्दै लखनउले प्लेअफमा स्थान बनाएको हो ।
१७७ रनको लक्ष्य पछ्याएको कोलकताले निर्धारित २० ओभरमा ७ विकेतको क्षतिमा १७५ रन जोडेको थियो । कोलकाताको लागी रिंकु शिंहले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले ३३ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दै सार्वाधिक ६७ रन बनाए । ओपनर वेनकाटेश अयेर र जेसन रोयले ६९ रनको साझेदारी गरेका थिए । वेनकाटेशले १५ बलमा १ छक्का र ३ चौका प्रहार गर्दै २४ रन बनाएर आउट भए भने रोयले २८ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ४५ रन बनाएर आउट भए । त्यस्तै नितेश रानाले ८ रन बनाए भने रहमुल्लाह गुरवाज १० रन बनाउँदै आउट भए । अन्द्र रसलले ७ रन बनाए भने सुनिल नारायणले १ रन बनाए ।
लखनोउको लागी रवि बिश्नोइ र यश ठाकुरले समान २–२ विकेट लिए भने क्रुनल पाण्ड्या र कृष्नपप्पा गोथामले समान एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७६ रन जोडेको थियो । खराब सुरुवात गरेको लखनउको लागी निकोलस पुरनले सानदार ब्याटिङ गरेका थिए । सातौं निम्बरमा मैदान प्रवेश गरेका उनले ३० बलमा ५ छक्का र ४ चौका प्रहार गर्दै सार्वधिक ५८ रन बनाए । लखनउका लागि पुरन र आयुष बदोनीले ७४ रनको साझेदारी गरे । बदोनीले २१ बलमा २५ रन बनाए । क्वेन्टन डे ककले २८ र प्रेरक मानकाडले २६ रन बनाए ।
कोलकाताका वैभव आरोरा, शार्दुल ठाकुर र सिनल नारिनले २–२ तथा हर्शित राना र वरुण चक्रवर्तीले समान एक–एक विकेट लिए ।
यस जितसँगै लखनउ १४ खेलबाट १७ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ । यसअघि साविक विजेता गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सले प्लेअफमा स्थान पक्का गरिसकेका छन् । शीर्ष दुईमा स्थान पक्का गरेका गुजरात र चेन्नाइले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछ । लखनउले भने चौथो हुने टिमसँग एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ । आईतबार लिग चरणको अन्तिम दुई खेल हुनेछ । मुम्बईले सनराइजर्स हैदरवाद तथा बेंगलोरले लिग लिडर गुजरातसँग खेलेपछि प्लेअफ पुग्ने थप एक टोलीको टुङ्गो लाग्नेछ । रोएल च्यालेन्जर्स बेंगलोर, मुम्बई इन्डियन्स र राजस्थान रोएल्स प्लेअफ पुग्ने होडमा छन् ।
