Thursday, June 11News That Matters

कोशी नदीमा हामफालेका एक ब्यक्तिको शकुसल उद्धार

पूर्णपुष्टि, जेष्ठ १४

सुनसरीको कोशी गाउँपालिका–८ स्थितमा रहेको कोशी ब्यारेजको पुलबाट हामफालेका एक ब्यक्तिको शकुशल उद्धार गरिएको छ । बिहिवार अपरान्ह पौने ५ बजेको समयमा कोशी ब्यारेजको १० नम्बर ढोकाबाट एक्कासी नदीमा हामफालेका संखुवासभा घर भई मोरङको सुन्दरहरैचा बस्ने ४० बर्षीय एक पुरुषको प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले स्थानीय माझीहरुको सहयोगमा तत्कालै शकुसल उद्धार गरेको हो । उद्धार गरिएका पुरुषलाई उपचारको लागी ईनरुवा अस्पताल पठाएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।