
पूर्णपुष्टि, साउन १८
उदयपुरको बेलका नं.पा. ८ डुम्रीकोटमा सप्तकोसी नदिले बाध फुटाएर बाढी बस्तिमा पसेको छ । आज १८ गते बिहान४ बजे कोसिले बाध भत्काएको थियो । यसरी बाढी बस्तिमा पस्दा उदयपुरको बेलका न पा १,२,३, ८ र ९ वडाका बासिन्दा बिस्थापीत भएका छन । बिशेष गरि सिसिली, कोशी टप्पु , धौरी एबिसि टप्पु,मगर गाउँ डुबानमा परेका छन । यस्तै सुनसरीको बराहक्षेत्र न पा ६ र ७ नं वडाका बासिन्दा बिस्थापित भएका छन । जसमध्ये उदयपुरका १५०० , सुनसरीका ६०० घरधुरी बिस्थापित भएका छन ।
प्रशासनले हिजै देखि बाढिको खतरा पढेको भन्दै बस्ती छोड्न आग्रह गरेकाले कुनै मानबीय क्षती भएको छैन । तर कोसिमा पानीको बहाब बढिरहेकोले अझ बढी बस्ती डुब्ने खतरा देखीएको छ । सप्तकोसीमा पानीकोबहाब २ लाख २९ हजार १२५ क्युसेक प्रतिसेकेन्ड पुगेको छ । बिस्थापित लाई बिधालय , बेलकाको सिटि हल लगाएतका स्थान स्थानमा राखिएको छ ।
