
पूर्णपुष्टि, चैत्र १७ ।
कोशी प्रदेश नामाकरण विवादका कारण कोशी प्रदेशका बिभिन्न ठाउँमा आन्दोलनहरु भड्कीलो अवस्थामा परिणत हुँदैछ । प्रदेश १ लाई पहिचानको आधारमा नामाकरण गर्नु पर्ने माग राख्दै आएका पहिचान पक्षधारहरुले कोशी प्रदेशको बिरोध गर्दै आन्दोलनहरु थप चर्काउँदै आएका छन् । प्रदेश नं। १ पुन नामाङ्कन संयुक्त संघर्ष समितीले पछिल्लो समय पूर्वमा आन्दोलनहरुलाई थप सक्रिय बनाएको छ ।

शुक्रबार ईटहरीको २० नंम्बर वडा कार्यलय बन्द गर्न गएका आन्दोलनकारीमाथी वडा अध्यक्षको आदेशमा प्रहरी द्वारा प्रहरीले बल प्रयोग गर्न खोजेपछि आन्दोलनकारीहरुले वडा कार्यालय र प्रहरीको गाडीनै तोडफोड गरेको भिडियो सामाजिक संञ्ञालहरुमा भाईरल भैरहेको छ । वन्द गरिएको वडा कार्यालय वडाअध्यक्षले प्रहरीलाई आदेश दिँदै खोलेको भन्दै आन्दोलनकारीहरुले ढुँगा मुडा गर्दै तोडफोड गरेका हुन् । यस सँगै पूर्वको बिभिन्न जिल्लाहरुमा पनि कोशी प्रदेशको ब्यानर फुटाउने च्यात्ने र वडा कार्यालयहरुमा आगजानि साथै तालावन्दीको कार्यक्रमहरु भैरहेको छ ।

संघर्ष समितिको थप आन्दोलनहरु तल उल्लेख गरिएको छ ।
१। २०७९ चैत १७ देखि २५ गतेसम्म एसईई परिक्षालाई ध्यानमा राखि तालाबन्दी र ठुलो विरोध जुलुस सभाहरु स्थगीत गर्ने । तर सो समयमा निम्न बमोजिमाका नियमीत आन्दोलनका कार्यक्रमहरु जारी राख्ने कुरा जानकारी गराईन्छ ।
क) मानवअधिकार आयोग, संयुक्त राष्ट्र संघ, र विदेशी नियोगहरुमा ध्यानाकर्षण ९कार्यक्रम बनाएर ।
ख) अनलाईन जुम आमसभा हरेक दिन ९घटकहरुलाई तोकेरै सेडुल बनाएर ।
ग) साहित्यीक कार्यक्रम ।
घ) गाउँ र जिल्ला जागरण ९ बाँकि जिल्लाहरुमा ।
ङ) मेडीया क्याम्पेन ।
च)आन्दोलनमा जोडीन बाँकि रहेका समुदाय, दल र पक्षहरुसँग समन्वय एवम् अन्तरक्रिया ।
च)सामान्य खालका सांसद अवरोध र बहिष्कार जारी ।
छ) साझा नामको वहस प्रारम्भ
२. सरकारले सहिद घोषणा र क्ष्यतीपूर्तिको सुनिश्चित नगरुन्जेल सहिद लाजेहाङको सबमा पोष्मार्टमको अनुमति सहमति नदिने । सरकारलाई दवाव
सृजना जारी राख्ने । सब सुरक्षित गर्न घटकहरुको सुनसरी जिल्ला अध्यक्ष तहका नेतृत्वहरुलाई जिम्मेवारी प्रदान गर्ने ।
३। आन्दोलनको लागि आर्थिक सहयोगको अपिल भोलि सम्ममा संयुक्त खाता नं। राखेर जारी गर्ने ।
४। राज्यपक्षसँग समन्वय वा कुटनैतिक पहल प्रयास गर्न प्रारम्भ गर्ने ।
५। प्रदेश स्तरको संयुक्त संघर्ष समिति अहिले तत्काल बनाई नहाल्ने तर भएका प्रदेश तहका निकायहरुलाई संघर्षको कुनै न कुनै जिम्मेवारीहरु दिएर अगाडी बढ्ने ।
६। समय र परिस्थिति विश्लेषण गरेर चैत २५ गते पछि विराटनगर केन्द्रीत निर्णायक आन्दोलनमा होमिने ।
७० जिल्ला र गाउँ स्तरीय संयुक्त संघर्ष समितिको गठन र संचालन सम्बन्धि खाका अर्को बैठकमा निर्माण गर्ने ।



