
पूर्णपुष्टि, फागुन १८ । किरात राई यायोख्खाले कोशी प्रदेश नामकरणमा आपत्ति जनाएको छ । पहिचानको आधारमै नामकरणको प्रस्ताव गर्दै आएका यायोख्खाले कोशी प्रदेशमा असहमति जनाउने जनाए । बुधबार प्रदेश १ सांसदको बैठकमा ८२ जना सांसदहरुले कोशी प्रदेश तर्फ हात उठाएर सहमति जनाए सँगै कोशी प्रदेश नामकरण भएका थिए । सोही नामकरणको बिषयमा यायोख्खाले असहमति जनाउँदै आएको छ । हिजो मात्रै खोटाङमा किरात प्रदेशको माग सहित बिरोध प्रदर्शन भएका थिए ।
यायोख्खाले उक्त नामकरणको असहमति जनाउँदै बिभिन्न १४ जिल्लाहरुमा बिरोध कार्यक्रम राखेको छ । २ घण्टा चक्का जाम, सिडियो कार्यालयलाई ज्ञापन पत्र र कालपट्टी बाँधेर कालो दिनको घोषणा लगायतको कार्यक्तम रहेको जनाईएको छ ।

