Wednesday, April 22News That Matters

कोशी प्रदेश पुस्तकालय महासंघको अध्यक्षमा उदयपुरका भरत खड्का चयन

पूर्णपुष्टि, १६ बैशाख ।
कोशी प्रदेश पुस्तकालय महासंघको अध्यक्षमा उदयपुरका भरत खड्का चयन भएको छ । खड्कालाई सर्वसहमत अध्यक्षमा चयन गराएको हो । खड्काको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको छ । अध्यक्ष खड्का सहित उपाध्यक्षमा प्रेम प्रकाश फलाहारी, माहासचिवमा बिनोद खतिवडा, सचिवमा उषा परियार, कोषाध्यक्षमा राम प्रसाद दाहाल रहेका छन् भने सदस्यहरुमा शिव प्रसाद बास्तोला, दिल वहादुर राई, इन्द्र थापा, घनश्याम बराल, भिम लिखा, बाबुराम श्रेष्ठ, उषा गुरुङ सुदेश वस्ती, राजन भण्डारी, चिन्तामणी पौडेल, अन्जना वस्नेत रहेका छन् । अन्य बाँकी रहेका सदस्यहरुलाई कार्यसमितिले मनोनित गर्ने जनाएको छ ।

यस्तैगरी उद्धव बिष्टको संयोजकत्वमा सल्लाहकार समिति पनि निर्माण गरिएको छ । सल्लाहकार समितिको अन्य सदस्यहरुमा टंक प्रसाद गुरागाई, महेन्द्र राई, तिलकण्ठ तिवारी, भैरब प्रसाद सापकोटा चयन भएको छ ।

संगम सामुदायिक पुस्तकालय गाईघाटका अध्यक्ष समेत रहेका खड्का दोस्रो पटक प्रदेश अध्यक्षमा चयन भएको हो । बैशाख १४ र १५ गते उदयपुरको गाईघाटमा सम्पन्न प्रदेश स्तरीय सामुदायिक पुस्तकालयहरुको सम्मेलनले खड्कालाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष खड्काले आफ्नो नेतृत्वमा पुस्तकालयको बिकास गर्ने जनाए । हरेक स्थानीय तहहरुमा एक पुस्तकालयको अबधारणा सहित आफ्नो नेतृत्व अघि बढ्ने खड्काले जनाए । पुस्तकालय ज्ञानको भण्डार रहेको भन्दै मानाव जिवनको अति उपयोगि क्षेत्र समेत रहेको खड्काको भनाई छ । सकरात्मक कार्य र सकरात्मक सोचका लागि पुस्तकालयको विकास गरी समाजलाई सहज र सरल बनाउने उनको भनाई छ ।