
पूर्णपुष्टि, असार २८
अविरल वर्षापछि आएको बाढीले कोशी र कन्काई नदिमा पानीको वहाव खतराको तहमा पुगेको छ । कर्णालीमा पनि खतराको तह पार गर्ने अवस्था रहेकाले सावधानी अपनाउन बाढी मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
अहिले प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै ठाउँमा र गण्डकी प्रदेशको एकरदुई ठाउँमा भारी वर्षा भैरहेको महाशाखाले जनाएको छ ।
लगातार पानी परेपछि ईलाम, झापा, मोरङ, गोरखा, धादिङ, कास्की, स्याङजा, बागलुङ सिन्धुपाल्चोक र आसपासका साना खोलामा पानीको बहाव उच्च रहेको छ ।
आज दिउँसो र राति पनि प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै ठाउँ र गण्डकी, प्रदेश ५ का केहि ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


