
पूर्णपुष्टि, ११ चैत्र । उदयपुरमा आईतबार होली खेल्ने क्रममा बेपत्ता तिन बालवालिकाको खोजी कार्य तिव्र रुपमा भैरहेको छ । त्रियुगा नगरपालिका १४ साउने बजारका १२ बर्षीय रेखा मगर, ९ बर्षीय रिदम मगर र १२ बर्षीय लोक बहादुर मगरको खोजी कार्य भैरहेको हो । उदयपुर प्रहरी, वडा अध्यक्ष हिमराज मगर सहितको जनप्रतिनिधि र स्थानीयहरुले बेपत्ताहरुको खोजि कार्य गरिरहेको छ । आईतबार दिउँसो तिनबजे तिर साउने बजारबाट धाप्लाङ कोशी तर्फ झरेका उनिहरु कोशिमा छिरेर बेपत्ता भएको वडा अध्यक्ष हिमराज मगरले जनाए ।

