Tuesday, June 9News That Matters

क्याम्पसका प्रध्यापक यौन हिँसाको आरोपमा पक्राउ

पूर्णपुष्टि, पुष २८

यौन हिँसाको आरोपमा काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका एक जना प्राध्यापक पक्राउ परेको छ  । आरआर क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्य यौन हिँसाको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमार्फत आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई यौन हिँसा गरेको आरोपमा प्रहरीले प्राध्यापक आचार्यलाई कलेजबाटै सोमबार पक्राउ गरेको हो ।

आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई यौन हिँसा गरेको आरोपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले  जनाएको छ ।

प्राध्यापक आचार्यलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ ।