
पूर्णपुष्टि, असार २०
कैलालीमा क्वरेण्टीनबाट घर फर्किएकी एक महिलाको मृत्यु भएको छ । भारतबाट फर्किएर गोदावरी नगरपालिका–१० मा क्वरेण्टीन अवधि पूरा गरी घर गएकी ४८ वर्षीया महिलाको मृत्यु भएको हो ।
भारतबाट उनी जेठ २६ गते फर्किएको थियो । मृतक रक्तचाप र प्यारालाइसिसको बिरामी रहेको बुझिएको छ । मृतक महिलाको कोरोना परीक्षण गरिने भएको छ ।
कोरोना परीक्षणको लागि शुक्रबार नै स्वाब सङ्कलन गरी धनगढी प्रयोगशाला पठाइएको गोदावरी नगरपालिकाले जनाएको छ ।
