Thursday, May 28News That Matters

खड्का मृत अवस्थामा फेला

धनकुटा,चैत्र २९ गते ।

धनकुटा पात्ले–६ निबासी ४० बर्षीय मनोज खड्का मृत अवस्थामा फेल परेको छ । गत चैत्र २३ गते घरबाट कोहि कसैलाई नसोधी हिडेका खड्का घर नफर्किएपछी आफन्तले हिजो जिल्ला प्रहरी कार्यालय धनकुटामा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाएसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले शनिबार दिउँसो सँवा १२ बजे धनकुटाको शिलढुंगा चेपमा मृत अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।