
पूर्णपुष्टि, भदौ १
बैतडीमा खल्डोमा जमेको पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–२ को सुन्दरखालीमा खाल्डोमा डुबेर दुई जनाको मृत्यु भएको हो ।
देहिमाडौ नागार्जुन सडक खण्डमा पाइप राख्न बनाइएको खाल्डोमा डुबेर ११ वर्षीय सन्दीप लावड र १४ वर्षीय अङ्कित लावडको मृत्यु भएको प्रहरीले जनाएको छ ।
होमपाइप राख्न बनाइएको खाल्डोमा वर्षाको पानी जमेकोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
