
पूर्णपुष्टि, जेठ ५ ।
प्रदेश १ काे खाेटाङ र सुनसरिमा पनि पहिलाेपटक अाज काेराेना संक्रमित पुष्टि भएकाे छ । खाेटाङकाे १ पुरुष र सुनसरीमा १ जना पुरुष पुष्टि भएका हुन् । ती दुई जिल्लासहित अाज बेलुका थप १८ जनामा काेरना संक्रमण पुष्टि भएकाे छ ।
धनुषामा २ जना पुरुष, बाँकेमा १२ पुरुष, दैलेखमा १ पुरुष र झापामा १ पुरुषमा संक्रमण पुष्टि भएकाे हाे । याे संगै नेपालमा संक्रमितकाे संख्या ३ सय ७५ पुगेकाे छ ।
