
पूर्णपुष्टि, वैशाख २३ गते ।
खुकुरी प्रहार गरी बुवाआमाको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बुलाई खुकुरीसहित बिहीवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनले ७० वर्षीय बुवा बीर्ख बहादुर लिम्बु र ७२ वर्षीया आमा थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि प्रहरी चौकी लेलेपबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तप्लेजुङले जनाएको छ ।
