Wednesday, July 1News That Matters

खुट्टामा चोट लागेका कारण नेयमारले बाँकी सिजन गुमाउने

पूर्णपुष्टि,फागुन २३ । पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी नेयमारले खुट्टाको चोटका कारण बाँकी सिजन गुमाउने भएका छन् । ब्राजिलका फरवार्ड गत १९ फेब्रुअरीमा लिलमाथि ४–३ को जीत निकाल्ने क्रममा घाइते भएका थिए ।

क्लबका अनुसार उनको दाहिने खुट्टाको जोर्नीमा पछिल्ला वर्षमा समस्याहरू देखिएका कारण त्यसलाई दोहोरिन नदिन अपरेसनको आवश्यकता देखिएको छ । उनी मैदानमा फर्कन तीनदेखि चार महिला लाग्ने पनि क्लबले जानकारी दिएको छ ।

३१ वर्षीय नेयमारले पछिल्ला केही वर्षयता दाहिने खुट्टामा लगातार चोट बोकिरहेको छन्। सन् २०२२ को विश्वकपमा सर्वियाविरुद्धको समूहको पहिलो खेलमा चोट लागेपछि उनले ब्राजिलका दुई खेल गुमाएका थिए।

सन् २०१९ को कोपा अमेरिका गुमाएका उनले सन् २०२१ मा धेरै खेल गुमाउनु परेको थियो । नेयमारले यो सिजन लिग वानमा १ गोल गर्नुका साथै १० वटा गोलको अवसर सिर्जना गरेका छन् ।