Wednesday, July 1News That Matters

खेतमा गाडिएको अवस्थामा १८५ राउण्ड गोली बरामद

पूर्णपुष्टि,माघ २२ 

खेतमा गाडिएको अवस्थामा मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा १८५ राउण्ड गोली भेटिएको छ । स्थानीय दलबहादुर लिम्बूको घरनजिक खेतमा कालो प्लास्टिकमा गाडेको अवस्थामा एसएलआर राइफलमा प्रयोग हुने ७.६२ एमएम गोली भेटिएको हो ।

स्थानीय ५३ वर्षीय भक्तबहादुर सुवेदीले खेत खन्ने क्रममा कालो रंगको प्लाष्टिकभित्र पोको पारेर माटो मुनि गाडेको अवस्थामा गोली भेटाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

गोली द्वन्द्वका समयमा माओवादीका कार्यकर्ताले गाडेको हुनसक्ने प्रहरीले जनाएको छ ।