Monday, May 18News That Matters

खोटाङमा अन्तरपालिका वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता हुँदै

पूर्णपुष्टि, माघ २८

खोटाङमा अन्तरपालिका वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । खोटाङ स्थित खोटेहाङ गाउँपालिका ३ सवाकटहरेमा यही फागुन १७ देखि २० गते सम्म भलिवल प्रतियोगिता हुने भएको हो ।

“युवाको लागि खेल” “खेलका लागि युवा” भन्ने मुल नाराका साथ सावाकटहरे युवा तथा खेलकुद समितिको आयोजनामा ३ दिने भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको समितिका अध्यक्ष आषिश राईले बताउनुभयो ।

समितिले खेलकुद आयोजना सम्बन्धि सूचना प्रकाशन गर्दै खेलाडी र खेलाडीका टिमहरुलाई आमन्त्रण गरेको छ ।

खेल ठाँटी भन्ज्याङको खेलमैदानमा हुने आयोजकले जनाएको छ । फागुन १ देखि १६ गते सम्म टिम दर्ताका लागि ३५ बुझाई सक्नु पर्ने आयोजकले उल्लेख गरेको छ । खेलको टाईसिट पनि १६ गतेनै सार्वजानिक हुने भएको छ ।

खेलमा प्रथम हुने टिमलाई रु ५० हजार मेडल र प्रमाण पत्र, दोस्रोलाई रु ३० हजार, मेडल र प्रमाण पत्र र सेमिफाईनल लिष्टका २ टिमलाई रु १० हजारको दरले नगद, मेडल र प्रमाण पत्र पुरस्कारको व्यवस्था गरिएको छ ।

साथै खेलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक र अनुसासित खेलाडीलाई मेडल र प्रमाण पत्रको समेत व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।

टिममा १० जना अनिवार्य गरिएको छ । ६ खेलाडी बैकल्पीक ३ र प्रशिक्षक गरी १० जनाको टिम हुनु पर्ने छ । खेल अबधिभर खान वस्न व्यवस्था खेलाडी आफैले गर्नु पर्ने छ । खेलमा सामान्य चोटपटकका लागि आयोजकले मेडिकलको व्यवस्था गरेको भएपनि घम्भिर चोटपटक लागेमा खेलाडी आफै जिम्मेवारी बन्नु पर्ने समितिले जनाएको छ ।