
पूर्णपुष्टि, वैशाख २२
खोटाङमा करेन्टलागेर एक जना बालकको ज्यान गएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ का लोकेन्द्र राईको १० वर्षीय छोरा टिहाङ राईको करेन्ट लागेर ज्यान गएको हो ।
आज बिहान पौने ८ बजेको समयमा घरबाट दिदिको घर तर्फ जाँदै गरेका बालकले बाटोमा रहेको बिजुलीको पोल छुँदा अचानक करेन्ट लागेर घटनास्थलमा नै ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
