
खोटाङ, बैशाख २३ गते ।
खोटाङको साप्सु खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा निबासी शुक्र रोक्काको छोरी १४ बर्षीया अम्बिका रोक्काको खालाले बगाएर मृत्यु भएको हो ।
सोमवार दिउँसो बाख्रा चराउन गएका अम्बिका घर फर्किदा बाटोमा पर्ने साप्सु खोला तर्ने क्रममा अचानक बाढीले बगाई बेपत्ता भएको थियो ।
बालिका बेपत्ता भएको जनाकारी पाउना साथ तत्काल प्रहरी चौकी चिउरीडाँडाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा करिव १ किलोलमिटर तल मृत अवस्थामा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
