पूर्णणपुष्टि, पुष ६ । नेपाली कांग्रेस महामन्त्री गगन थापामाथि संस्थापन पक्षले प्रहरी परिचालन गरेर निगरानी गरेको छ । संसदीय दलको नेतामा उम्मेदवारी दिएका थापाको काठमाडौंको दुईवटा होटलमा रातभर निगरानी गरिएको हो । प्रहरी स्रोतका अनुसार लाजिम्पाट स्थित होटल एम्बेस्डर र नक्साल स्थित पाँचचारे होटल मेरियटमा थापा पक्षको गतिविधि निगरानी गर्न प्रहरी परिचालन गरिएको छ ।
लाजिम्पाट स्थित होटल एम्बास्डरबाट थापाको सचिवालयमा कार्यरत सविन राज मुडभरीसहितका थापा समर्थकले दुईजना प्रहरीलाई समातेर सोधपुछ गरेका थिए । मंगलबार राति कांग्रेस समर्थकले सर्च गर्दा उनीहरुको साथमा प्रहरीको परिचयपत्र भेटिएको सविन राज मुडभरीले सामाजिक संजालमार्फत जानकारी दिएका छन् । उनका अनुसार प्रहरी नायव निरिक्षक (सई) सरोज भण्डारी र जवान आशिष क्षेत्रीको परिचयपत्र फेला परेको हो । उनीहरु दुवैजना विशेष ब्यूरोमा कार्यरत छन् । विशेष ब्यूरोका प्रमुख डिआईजी अशोक सिंह हुन् ।
छलफलकाका लागि मंगलबार राति आफ्ना पक्षका नेता–कार्यकर्तासँग महामन्त्री थापा होटल एम्बेस्डर पुगेका थिए । गगनको निगरानीमा नक्साल स्थित होटल मेरियटमा पनि प्रहरी परिचालन गरिएको छ । मेरियटमा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराई हुन् । आज बिहान कांग्रेसको संसदीय दलको नेता चयनका लागि निर्वाचन हुँदै छ । संसदीय दलको नेतामा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र इतर पक्षबाट महामन्त्री थापा उम्मेदवार छन् ।
